काठमाडौँ, चैत १८ :

 

मेष : आजको दिन सुखद् रहेको छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

वृष : थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । तपाईँको काममा विपक्षीले समेत साथ दिनेछन् । 

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । साथीभाइ र बन्धुसँग सहकार्य गर्ने दिन छ । 

कर्कट : साथीको विश्वासमा काम गर्दा ख्याल गर्नुपर्नेछ । सरकारी सेवामा मानसम्मान हुनेछ ।

सिंह : राजनीतिमा तपाइको कदर हुनेछ । परिवारको साथमा घुम्न निस्कँदा मन शान्त हुनेछ । 

कन्या : लगानी गरेको भए सफलता मिल्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । 

तुला : कला र गलाको प्रशंसा हुनेछ । स्वास्थ्यको ख्याल गर्दै खानपान गर्नु उचित हुनेछ ।

वृश्चिक : दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । 

धनु : परिवारभित्रका भन्दा बाहिरका व्यक्तिबाट प्रशंसा पाइनेछ । प्रेम सम्बन्धमा सुमधुर बन्नेछ । 

मकर : व्यापारमा फाइदा हुने दिन छ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । 

कुम्भ : लगानी गर्दा सचेत बन्नुपर्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा समय दिन सके राम्रो हुनेछ ।

मीन : कार्यालयमा साथिहरुबाट सहयोग हुनेछ । पुराना सहकर्मीसँगको भेटले मन प्रसन्न रहनेछ ।