काठमाडौँ, चैत १८ :

इस्लाम धर्मावलम्बीले आज (सोमबार) ईद पर्व मनाउँदै छन् । 

एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशियालीमा ईद- उल- फित्र मनाउने गर्दछन् ।

इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

आजको दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेको छ । खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई ईद- उल- फित्र भनिएको हो ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद- उल- फित्र (इद) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।