बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा मिलोस् : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा मिलोस् : सभापति देउवा
काठमाडौँ, चैत १८ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद-उल- फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताएका छन् ।
     
सभापति देउवाले आज ईद- उल- फित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ- आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताएका छन् ।
     
“विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद- उल- फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
    
सभापति देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद- उल- फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार