आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि समाजवादी पार्टी कार्यालयमा राखिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि समाजवादी पार्टी कार्यालयमा राखिने
काठमाडौँ, चैत १८ :

वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिने भएको छ ।

उनको पार्थिव शरीर आज बिहान ११ बजे श्रद्धञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीले जनाएको छ ।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । 

पक्षघातका कारण केही दिनअघि अस्पताल भर्ना भएका कोइरालाको आइतबार निधन भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार