शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति भिडियो

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
काठमाडौं, चैत १८ :

राष्ट्रिय सभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक पारित भएको जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयकलाई सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

संशोधन प्रस्तावकर्ताहरूले विधेयकमा पर्याप्त छलफल नै नभएको बताउनुभयो । सांसदहरु तुलप्रसाद विश्वकर्मा, विष्णुबहादुर विश्वकर्मा, डा. वेदुराम भुसाल, गङ्गाकुमारी बेलवासे, राधेश्याम पासवान, राजेन्द्रलक्ष्मी गैरेले छलफलमा भाग लिएका थिए ।

सञ्चारमन्त्री गुरुङले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रश्नहरू मननयोग्य नै रहेको र कार्यान्वयनका क्रममा कार्यविधि बनाएर जान सकिने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार