
मेष : मन खुशी हुनेछ । आगामी दिनका लागि योजना बन्नेछन् ।
वृष : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सहकार्यमा गरेको काममा सफलता मिल्नेछ।
मिथुन : अरुको परोपकार गर्दा मन आनन्दित हुनेछ । धार्मिक कार्यमा मन जानेछ ।
कर्कट : परिवारको साथमा रमाइलो गरेर दिन बित्नेछ । स्वास्थ्यमा सुधार हुँदा शरीरमा फुर्ती बढ्नेछ ।
सिंह : नयाँ कुराको सुरुवात हुनेछ । घुमघामको यात्रा तय हुनेछ । उत्तरको यात्रा नगर्नु उचित हुन्छ ।
कन्या : वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।
तुला : परिवारको सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : धैर्य गर्दा मिहिनेतको फल प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।
धनु : लगानीका क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु उचित हुनेछ ।
मकर : राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ । आफन्तबाट सचेत भएर हिँड्नुपर्ने दिन छ ।
कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ ।
मीन : धार्मिक कार्यबाट दिनको सुरुवात गर्दा उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।