सुनसरी, चैत १८ :

सुनसरीको हरिनगर गाउँपालिका- ५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन् । 

विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूण रूपले जलेर नष्ट भएका  प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । आगलागीमा स्थानीय सिकन्दर अलि, जुबेर अलि, सब्बिर अलि, अबुहेलाल अलि, इम्ताज आलम, अशफाक अलि, इमशाक अलि, प्रवेज अलि, इर्फान मियाँ, फैयाज आलम र कैशर अलिको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिए ।

यसैगरी नजाम मियाँ र नौशाद मियाँको घरमा अंसिक रूपमा क्षति भएको छ । यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

यसैबीच अग्नीपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिए ।