बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार प्रदेश मधेस प्रदेश

विद्युत् सर्ट भएर वसन्तपुरस्थित बङाली टोलाका २९ घर जले

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
विद्युत् सर्ट भएर वसन्तपुरस्थित बङाली टोलाका २९ घर जले
सुनसरी, चैत १८ :

सुनसरीको हरिनगर गाउँपालिका- ५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन् । 

विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूण रूपले जलेर नष्ट भएका  प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । आगलागीमा स्थानीय सिकन्दर अलि, जुबेर अलि, सब्बिर अलि, अबुहेलाल अलि, इम्ताज आलम, अशफाक अलि, इमशाक अलि, प्रवेज अलि, इर्फान मियाँ, फैयाज आलम र कैशर अलिको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिए ।

यसैगरी नजाम मियाँ र नौशाद मियाँको घरमा अंसिक रूपमा क्षति भएको छ । यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

यसैबीच अग्नीपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार