
प्रतिनिधिसभाका सदस्य एवं राप्रपाका नेता दीपक बोहोराको निधनप्रति प्रधानमन्त्री केपी ओलीले दु:ख व्यक्त गरेका छन् ।
‘प्रतिनिधिसभाका सदस्य माननीय दीपक बोहोराको निधनको खबरले दुःखित छु,’ सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘मेरो क्याबिनेटमा मन्त्रीका रूपमा उहाँको प्रभावकारी भूमिका सदा स्मरणीय रहनेछ । दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।’
पोस्टकोभिडका कारण घाँटीमा क्यान्सर भएका बोहोराको ७४ वर्षको उमेरमा मंगलबार बिहान ११ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको थियो ।
बोहोरा भाषण नगरेरै चुनाव जितेका नेता हुन् । २०७९ सालको संघीय चुनावमा बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा बैठकमा आज (मंगलबार) सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।