काठमाडौं, चैत १९ :

शिक्षकहरु अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेको जानकारी गराएका छन् ।

शिक्षकहरु गत माघ २० गतेबाट आन्दोलनमा छ। यसक्रममा पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू गरिसकेका छन्।

उनीहरुले राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्नादेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनसन समेत गरिसके ।

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबैका समस्या समाधान नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

सरकारसँग पटकपटक भएको सम्झौता कार्यान्वयन नभएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका समेत जाँच नगर्ने घोषणा गरिसकेका छन्।