काठमाडौँ, चैत २० :

 

मेष : सोचेको काम सफल बन्नेछ । उत्तरको यात्रा गर्नु राम्रो हुनेछ । 

वृष : शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारसँगको सम्बन्धमा तपाईंको जित हुनेछ । 

मिथुन : न्यायको क्षेत्रमा तपाईंले सफलता पाउने योग छ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । 

कर्कट : आफन्तसँग भेटघाटको समय तय हुनेछ । पुरानो रोगले सताउने हुँदा खानपानमा ख्याल गर्नुपर्नेछ ।

सिंह : राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारकाे सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ ।

कन्या : दाजुभाइको सहयोगमा रोकिएका काम बन्नेछन् । मन शान्त भएकाले काम गर्न सहज हुनेछ । 

तुला : विदेशप्रति आकर्षण बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : खर्च कटौतीको प्रयास गर्नु राम्रो हुनेछ । पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ । 

धनु : आफन्तको सहयोगले नयाँ अवसरहरू प्राप्त हुनेछन् ।  कर्तव्यबाट टाढा नजानु राम्रो हुनेछ । 

मकर : यो राशिका लागि शुभग्रहको बहुमत रहेको छ । परिवारले भन्दा बाहिरबाट सहयोग हुनेछ । 

कुम्भ : मनको कुरा सार्वजनिक गर्ने दिन रहेको छ । परिवारको साथ र सहयोग मिल्नेछ । 

मीन : निजी कार्यबाट सुरुवात गरेको काममा प्रगति हुनेछ । वैदेशिक यात्राको योग रहेको छ ।