बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
खेलकुद

लैनचौरमा खुला टेबलटेनिस प्रतियोगिता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
लैनचौरमा खुला टेबलटेनिस प्रतियोगिता
काठमाडौं, चैत २० :

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जुनियरमा ४ तथा भेट्रानमा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् ।

जुनियरको यू-१५ तथा यू-१९ मा पुरुष/महिला सिंगल्समा खेल हुनेछ । भेट्रानमा ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्स स्पर्धा समावेश छन् ।

करिब २५० खेलाडीको सहभागिता अपेक्षा गरिएको संयोजक वज्राचार्यले जनाए । एक खेलाडीले एउटा इभेन्टमा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । बिहीबार नाम दर्ता गर्ने अन्तिम दिन हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार