काठमाडौँ, भदौ १२ :

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज मतदान हुने भएको छ ।

गत असार २० मा सम्पन्न दशौँ महाधिवेशनले अध्यक्ष र महासचिव निर्विरोध चयन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि निर्वाचन गर्ने भएको हो । 

महाधिवेशनबाटै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य टुङ्ग्याउन नसकेपछि आज अर्को चुनाव गर्न लागेको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।