शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार

२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
काठमाडौँ, चैत २१ :

नेपाल प्रहरीले २० लाख ९२ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा- ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका- ६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले बुधबार राती महाबौद्धस्थित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले निज वाङमो तथा निजको साथबाट रु २० लाख ९२ हजार नगद फेला पारी उक्त रकम सहित नियन्त्रणमा लिएको जनाए ।

पक्राउ परेका वाङमोलाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता बोहराले बताए । 

प्रहरीले निजको साथबाट रु एक हजार दरको नोट थान एक हजार एक सय ८३ जम्मा रु ११ लाख ८३ हजार पाँच सय दरको नोट थान एक, आठ सय १८ जम्मा रु नौ लाख नौ हजार तथा आइफोन कम्पनीको मोवाइल एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार