शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, वर्षाको सम्भावना कम 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ चैत, २०८१ मा प्रकाशित
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, वर्षाको सम्भावना कम 
काठमाडौँ, चैत २३ :

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

शनिबार बिहान कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ । 

तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका अधिकांश भू- भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको,  वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगोलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना रहेकोले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार