काठमाडौँ, भदौ १२ :

२० वर्षमुनिको साफ च्याम्पियनसिपको फाइनल खेल एन्फा कम्प्लेक्स सातदोबाटो मै हुने भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि फाइनल खेल दशरथ रङ्गशालामा हुने जनाएको थियो । 

तर पानी परिरहेको र मर्मत कार्य नसकिएकाले फाइनल खेल दशरथ रङ्गशालामा खेलाउन नसकिएको एन्फाले सामाजिक सञ्जाल मार्फत जनाएको छ ।

 फाइनल खेल भोलि साढे २ बजे शुरु हुनेछ । फाइनलमा भोलि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने छ ।