
दार्चुला, चैत २३ :
बैतडीको दशरथचन्द नगरपालिका- ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
जीप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका- ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइतेमध्ये चञ्चले दयालको अवस्था सख्त रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।