शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
विदेश

पपुवा न्यु गिनी तटमा शक्तिशाली भूकम्प गयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ चैत, २०८१ मा प्रकाशित
पपुवा न्यु गिनी तटमा शक्तिशाली भूकम्प गयो
सिड्नी, चैत २३ :

पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६. ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको थियो ।

भूकम्प स्थानीय समयानुसार बिहान ६ः०४ बजे आएको र नजिकैको प्रमुख सहर किम्बेबाट लगभग एक सय ९४ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित रहेको जनाइएको छ ।

किम्बेको लिआमो रिफ रिसोर्टकी रिसेप्सनिस्ट मारोलिन सिम्बिकेनले अहिलेसम्म कुनै क्षति नदेखेको बताएका छन् ।

“हामीले यहाँ भूकम्प महसुस गर्‍यौँ”, उनले भने, “तर ठूलो क्षति छैन । यहाँ केही क्षति भएन र कुनै खाली गर्ने आदेश थिएन ।”

वालिन्दी प्लान्टेसन रिसोर्टकी कर्मचारी बारबरा आइबिलोले ‘हल्का कम्पन’ को महसुस गरेको बताए ।

युएसजिएसका अनुसार त्यसपछि समुद्रको उही क्षेत्र नजिकै ४.९ देखि ५.३ सम्मको प्रारम्भिक म्याग्निच्युड भएका केही साना भूकम्पहरू गएका थिए ।

पपुआ न्यु गिनीमा भूकम्पहरू सामान्य छन् । यो मुलुक भूकम्पीय ‘रिङ अफ फायर’ (दक्षिणपूर्व एसिया र प्रशान्त बेसिन भर फैलिएको तीव्र टेक्टोनिक गतिविधिको एक अर्क) माथि अवस्थित छ ।

तिनीहरूले कम जनसङ्ख्या भएका क्षेत्रहरूमा व्यापक क्षति नपुर्‍याउने भए पनि विनाशकारी पहिरोहरू निम्त्याउन सक्न जनाइएको छ । एएफपी 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार