काठमाडौँ, चैत २४ :

 

मेष : चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ ।

वृष : पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । 

मिथुन : सुन्दर पहिरन र उपहारले मन रमाउनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । 

कर्कट : सानो प्रयासले ठूलो काम बन्नेछ ।  मेहनत गर्दा राम्रो अवसर प्राप्त हुनेछ

सिंह : मेहनत गर्दा आयस्रोत बढ्ने समय छ । व्यापारका क्रममा अडकिएको रकम उठ्नेछ ।

कन्या : बोलीका कारण नयाँ कामको प्रस्ताव आउनेछ । सोचेर मात्रै लेनदेन गर्नु उचित हुनेछ ।

तुला : आफ्नो क्षेत्रमा दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । दैनिकीमा परिवर्तन आउनेछ ।

वृश्चिक : अरूका लागि समय, धन र बुद्धि खर्चिनुपर्ला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

धनु : परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिने छन् ।

मकर : दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउनेछन् । प्रतिस्पर्धाले नयाँ अवसर मिल्नेछ ।

कुम्भ : अवसरवादीहरूबाट सजग रहनुहोला । मिहिनेत गर्दा काम पूरा नभए पनि आंशिक लाभ हुनेछ । 

मीन : विश्वासपात्रदेखी सजग रहनुपर्ने बेला छ । महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन हुनेछन् ।