
चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
जीबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रस्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमिमा कथा रहेको अनुमान लगाउन सकिन्छ ।
दुईवटा बलिस्ट घोडा दौडाएर दुई व्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ । बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ- यो युद्धको संकेत हो ।
चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने स्लोगनले दुई पक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ ।
चलचित्रको कथा कृष्ण बीके र जीबी आग्रीले लेखेका छन् ।
लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बीके, बीआर रेड्डी, सन्तोष लुहार निर्माताका रुपमा रहनेछन् । सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बीके छन् । कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा शरण ऋषि छन् ।
हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन । रिलिज डेट पनि घोषणा गरेको छैन ।
निर्देशक जीबी आग्रीले भने, ‘हामी केही समयपछि कलाकार र रिजिल डेटबारे जानकारी दिनेछौँ,’ ‘हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।’