काठमाडौँ, चैत २५ :

 

मेष : फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । विशेष योजना सार्वजनिक नगर्नु नै उपयुक्त हुनेछ ।

वृष : दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । शुभचिन्तकहरूबाट सहयोग जुट्नेछ ।

मिथुन : सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम मिल्ने समय छ ।

कर्कट : प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । मेहनतले कृषिमा राम्रो आम्दानी हुने समय छ ।  

सिंह : आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । दिगो कामका लागि समयले साथ दिनेछ । 

कन्या : पेसा- व्यवसायमा डुबेको लगानी उठाउने समय छ । विशेष भेटघाटले नयाँ कामको अवसर मिल्ला ।

तुला : लामो समयदेखि प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ । टाढिएका साथीभाइ नजिकिदै जानेछन् । 

वृश्चिक : सहयोगको नाममा झुक्याउनेहरूबाट सोत रहनुहोला । कामको जिम्मेवारी बढ्ने समय रहेको छ । 

धनु : गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । अवरोध पुर्‍याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुपर्नेछ ।

मकर : खानपान तथा मनोरञ्जन गर्ने दिन रहेको छ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । 

कुम्भ : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कमजोरी सुधार गर्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । 

मीन : वैदेशिक यात्राका लागि प्रक्रिया अघि बढ्न सक्छ । अध्ययनमा गरेको मिहिनेतले नतिजा सकारात्मक आउनेछ ।