शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
विदेश

मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु, मध्य अफ्रिकी महानगरमा धेरै विनाश 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु, मध्य अफ्रिकी महानगरमा धेरै विनाश 
Photo: AFP
लन्डन, चैत २४ :

कङ्गोको लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले ३० जनाको ज्यान लिनुका साथै मध्य अफ्रिकी महानगरमा ठुलो विनाश गरेको छ ।

“धेरै घाइतेहरू छन्, उनीहलाई बाहिर निकालिएको र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले आइतबार बताएका छन् ।

चिकित्सकले पीडितहरू डुबेका वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका के हुन् भन्नेबारे अझै पुष्टि नभएको बताएका छन् ।

शुक्रबार रातिदेखि शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको जनाइएको छ ।

त्यस्तै बढ्दो वर्षाका कारण एउटा राष्ट्रिय सडकमा यातायात बन्द  भएको छ । उक्त सडक किन्सासाको मुख्य मार्ग भएको जनाइएको छ ।

बाढीले प्रायः किन्सासालाई प्रभावित पार्ने गरेको छ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठूलो कङ्गो नदीको किनारमा अवस्थित छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार