शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

नेपाल- भारत सम्बन्ध सुदृढ बनाउन पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ चैत, २०८१ मा प्रकाशित
नेपाल- भारत सम्बन्ध सुदृढ बनाउन पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री
काठमाडौँ, चैत २५ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल- भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् ।

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल- भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक अन्तरक्रियामा उनले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् ।

“चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,” उनले भने, “०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरले खेलेको भूमिका स्मरणीय छ ।” उनले चन्द्रशेखरको प्रेरणाले नेपाल- भारतको सम्बन्ध झन् बलियो बनाएको बताए ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरे ।

भारतमा प्रधानमन्त्री हुँदा चन्द्रशेखर नेपाललाई निकै सहयोग गरेको र बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो रहेको उनले बताए । २०४६ सालको आन्दोलनमा उनी नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर गएको उनले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार