
काठमाडौँ, चैत २५ :
नेपाल बार एशोसिएसन नयाँ नेतृत्वको लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस एमाले निकट वकिलहरूको प्यानले अग्रता लिएको छ ।
मतगणनाको पछिल्लो विवरण अनुसार अध्यक्षमा कांग्रेस- एमाले निकट प्यानलका विजय प्रकाश मिश्रले ७०७ पाउँदा यता माओवादी र नेकपा एस निकट वकिलहरुका तर्फबाट उम्मेदवार रमण श्रेष्ठले ४३४ मत पाएका छन् ।
त्यस्तै महासचिवमा केदार कोइरालाले ७१२ मत पाउँदा र यज्ञमणी न्यौपानेले ३७५ मत पाएका छन् । आजलाई मतगणना स्थगित गरिएको छ भने भोलि विहान ८ बजेबाट पुनः सुरु हुने जनाइएको छ ।