काठमाडौँ, चैत २६ :

 

मेष : नाम दाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक कार्यबाट दिनको सुरुवात गर्दा उचित हुनेछ ।

वृष : नयाँ कार्यको योजना बन्नेछ । परिवारको सहयोगमा योजना कार्यान्वयन हुनेछन् ।

मिथुन : चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक र सामाजिक काममा सफलता मिल्नेछ । 

कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । 

सिंह : वैदेशिक रोजगारीबाट सफलता मिल्नेछ । नयाँ कामले मनमा शान्ति छाउनेछ । 

कन्या : नयाँ क्षेत्रमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुनेछ । पुनर्मिलनको योग छ ।

तुला : नजिकका व्यक्तिबाट सहयोग पाइनेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । 

वृश्चिक : आफन्तजनबाट तपाईँको विचारलाई समर्थन गर्नेछन् । भक्ति र सेवाभाव बढेर जानेछ। 

धनु : धार्मिक यात्राको योजना बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मकर : योजना गोप्य राखेरै अघि बढ्नु उचित हुनेछ । रोकिएका कामले गति लिनेछन् ।

कुम्भ : रोकिएको काम दोहोर्‍याएर गर्दा सम्पन्न हुनेछन् । आज वृक्षरोपण गर्दा उचित हुनेछ ।

मीन : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । राजनीतिक कार्यमा रुचि बढ्नेछ ।