शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार अर्थतन्त्र

घुम्ती खाद्य प्रयोगशालामा २४ प्रकारका परीक्षण

काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली घुम्ती प्रयोगशालासहित अनुगमनमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
घुम्ती खाद्य प्रयोगशालामा २४ प्रकारका परीक्षण
काठमाडौं, चैत २६ :

खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमुना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ ।

काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन हुन थालेको छ । यसको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरुमा गरिएको छ ।

यसपछि महानगरपालिका र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाहरुको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्नेछ ।

प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरबीपीआर) छ । दूधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दूधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएनएफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पीएच परीक्षण गर्न पीएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

संकलित खाद्य पदार्थ नमुनाको तौल जाँच्ने उपकरण ब्यालेन्स, खाद्य पदार्थको नमुना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स पनि प्रयोगशालामा छ । नमुना खाद्य पदार्थ जाँच्नका लागि पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमुनालाई एकरुपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ आयल टेस्टर (टीपीएम मिटर) छन् । तेल, घिउजस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इन्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केचप, फलफूल जुसमा टीएसएस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर  छ ।

नमुना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ । हानिकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ । खाद्य पदार्थको नमूना राख्ने रेफ्रिजेरेटर छ ।

उपकरणहरुसँग जोडेर काम गर्न सकिने ल्यापटप छ । यो प्रयोगशाला तापक्रम अनुकूलित (एअर कन्डिसन) र संकलित नमुनाका कणहरुको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनिएक्टर छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार