सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

नेपाल बारको मतगणना जारी : सत्ता गठबन्धनका उम्मेदवार मिश्रको अग्रता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
नेपाल बारको मतगणना जारी : सत्ता गठबन्धनका उम्मेदवार मिश्रको अग्रता
काठमाडौं, चैत २६ :

नेपाल बार एसोसिएसनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले अग्रता लिइरहेका छन् । उनलाई रमण श्रेष्ठले पछ्याइरहेका छन् ।

कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको गठबन्धनका उम्मेदवार मिश्रले अग्रता लिइरहँदा माओवादी केन्द्रलगायत दलनिकटका कानुन व्यवसायीको साथ पाएका रमण श्रेष्ठले पछ्याइरहेका छन्।

अध्यक्षका अन्य उम्मेदवारहरू भने निकै पछि छन् । केन्द्रीय कार्यसमितिका २५ पदका लागि ५७ जना चुनावी मैदानमा छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार