बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार मधेस प्रदेश

‘मोटरसाइकल पाइएन भनेर मण्डपमा बसेको केटो किन भाग्छ ?’

‘मधेस प्रदेशमा अहिले पनि छुवाछूत, दाइजो, बोक्सीजस्ता विभेदयुक्त प्रथा कायमै छ । यसलाई हटाउन जनचेतना आवश्यक छ ।’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
‘मोटरसाइकल पाइएन भनेर मण्डपमा बसेको केटो किन भाग्छ ?’
जनकपुर, चैत २६ :

मधेस प्रदेशमा अहिले पनि छुवाछूत, दाइजो, बोक्सीजस्ता विभेदयुक्त प्रथा कायमै रहेको भन्दै प्रधानमन्त्री केपी ओलीले चिन्ता जनाएका छन् ।

मधेस प्रदेश सभामा आज (मंगलबार) उनले सम्बोधनका क्रममा मधेसमा जारी विभेदयुक्त प्रथाको अन्त्यका लागि जनचेतना फैलाउन आवश्यक रहेको पनि जनाए । प्रधानमन्त्री ओलीले मधेसमा अझै पनि छुवाछूत र विभेद रहेको भन्दै जनचेतना जगाउन आग्रह गरेका हुन् । प्रतिप्रश्न गर्दै उनले भने, ‘अन्यत्र कतै नहुने हाम्रोमा मात्र छुवाछूत किन हुन्छ ?’

प्रधानमन्त्री ओलीले अहिले पनि दाइजोका नाममा मधेसमा बेहुलाले मण्डप बहिष्कार गर्ने गरेकामा चिन्ता जनाए । उनले भने, ‘विवाहको मण्डपबाट केटो हिँड्ने, मोटरसाइकल दाइजो पाइँन भनेर जीवनसाथी छाडेर हिँड्छ । यस्तो कूचलन हटाऔं ।’

उनले २१औं शताब्दीमा पनि बोक्सीका नाममा अन्धविश्वास रहेकामा चिन्ता जनाए । ‘अहिले पनि बोक्सीको कुरा आउँछन् । यदि बोक्सी हुन्थ्यो भने युद्ध किन हुन्थ्यो ? हतियार किन चाहिन्थ्यो ? त्यस्तो केही छ भने मलाई गाली गर्नुको सट्टा बोक्सी लगाइदिए भयो नि,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अन्धविश्वासको कुरा हुनेछ ? क नपढेको व्यक्तिले विनाधनुष, विनातीर हावामा वाण हान्दिने कुरा हुन्छ ?’
 यो पनि :

संविधानमा उचित संशोधनका लागि समिति बनाएर काम गर्छौं : प्रधानमन्त्री

‘जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ’

रेलको कुरा गर्दा मजाक उडाए : प्रधानमन्त्री ओली

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार