
फाइल तस्बिर।
काठमाडौं, चैत २६ :
बल्खु क्षेत्रका व्यवसायीहरूले आज दिनभर सटर बन्द गरेर बसे। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज त्यहाँ खबरदारी सभा राखेका कारण त्रसित भएका व्यवसायीले पसल बन्द गरेका हुन् ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनबाट व्यापारीहरु झस्किएका थिए । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको थियो । बल्खु क्षेत्रमा पनि त्यस्तै प्रकृतिको घटना हुनसक्ने भन्दै व्यवसायीहरूले पसल बन्द गरेका हुन् ।
प्रदर्शनकारीहरू निकै संयमित हुँदा राप्रपाको आयोजनामा भएको बल्खुको प्रदर्शन शान्तपूर्ण रुपमा सम्पन्न भएको छ।विगतको घटना दोहोरिन सक्ने आशंकामा त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।