काठमाडौँ, चैत २७ :

 

मेष : दोहोर्‍याएर प्रयास गरेको काममा सफलता मिल्ला । पढाइको नतिजाले उत्साह जगाउनेछ । 

वृष : बिहानको समय विशेष काम गर्न अनुकूल रहेको छ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । 

मिथुन : काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।

कर्कट : आज विशेष भेटघाटका लागि समय निकाल्नुपर्नेछ । दिउँसोतिर चिताएको काम सम्पन्न हुनेछ ।

सिंह : बौद्धिक कलाको प्रभाव बढ्नेछ । पहिलेको नतिजाले नयाँ जिम्मेवारी दिलाउनेछ । 

कन्या : श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ ।

तुला : काममा शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले धन आर्जन हुनेछ। 

वृश्चिक : ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभ समाचारले उत्साह जगाउनेछ ।

धनु : अरूको प्रभावमा गोपनीयता भङ्ग गर्नु उचित हुनेछ । परोपकारी काममा समय बित्नेछ ।

मकर : भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । गुरुसँगको भेटले दिगो योजना बन्नेछ । 

कुम्भ : आजको दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ । 

मीन : भौतिक साधन प्राप्त गर्ने समय छ । प्रियजनसँग भेटघाट र आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।