बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
प्रदेश गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि अन्त्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि अन्त्य
गण्डकी, चैत २६ :

गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष आज सिफारिस गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले बुधबार राति १२ बजदेखि अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुख भट्टसमक्ष उक्त सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले जानकारी दिए । 

गत माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट ६  विधेयक पारित भएका र १० विधेयक प्रदेशसभामा पेस भएका प्रदेशसभा सचिवालयले जनाएको छ । यस अधिवेशनबाट गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार, प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर असुलसम्बन्धी विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पारित भएका थिए । 

अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस भएको छ । 

यस्तै दलित अधिकार तथा सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार, खानी तथा खनिज, भवन निर्माण तथा बस्ती विकास, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवासम्बन्धी र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरिएको छ । 

ती विधेयकमाथि प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार