
काठमाडौँ, चैत २७ :
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै, बुधबार चाँदी पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ८३५ रुपैयाँ पुगेको छ ।