अछाम, चैत २७ :

अछाममा एक दृष्टिविहीन युवतीमाथि बलात्कार भएको छ ।  झण्डै सात महिनापछि मंगलसेन नगरपालिकाकी २१ वर्षीया दृष्टिविहीन युवतीले २६ चैतमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बलात्कारको घटना बाहिर आएको हो । बलात्कारको  आरोपमा रामारोशन गाउँपालिका– ५ का ५१ वर्षीय चेतमान रोकाया पक्राउ परेका छन् ।

आरोपित रोकाया पनि अपांगता भएका व्यक्ति हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

पीडित किशोरीले २१ असोजमा जंगलमा बोलाएर आफूमाथि बलात्कार भएको बताएकी छन् । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणपछि २८ हप्ताको गर्भ रहेको खुल्न आएको डीएसपी भण्डारीले बताए।