शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति

संसददेखि सडकसम्मबाट खबरदारी गर्ने उद्घोष

· मंगलबार, १२ भदौ, २०८१ मा प्रकाशित
संसददेखि सडकसम्मबाट खबरदारी गर्ने उद्घोष
काठमाडौँ, भदौ १२ :

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाउनुभएको छ ।

वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै उहाँले यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा  प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सरकार सुशासनसँग तर्सिएर, सुशासनको बेगलाई रोक्न तथा आफू र आफ्नालाई जोगाउन बनेको भनी आरोप लगाउनुभयो । “आफ्नो नेतृत्वको यसअघिको सरकारले भुटानी शरणार्थी, बाँसबारी र बालमन्दिर जग्गा प्रकरणलगायत थुप्रै काण्डको सफल छानबिन गरिरहेको अवस्थामा अकस्मात नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले विभिन्न अनियमित घटनाक्रमसहित भ्रष्टाचार काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गरी सुशासनको रटान लगाउनु हाँस्यास्पद हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकन आफूले गरिरहेको पनि बताउनुभयो । 

प्रमुख प्रतिपक्ष दलका हैसियतले जनतालाई साथमा लिएर अब संसददेखि सडकसम्मको मोर्चा प्रयोग गरी सत्तापक्षलाई खबरदारी र नियन्त्रण गर्न आफ्नो दल सक्रिय रहने अध्यक्ष प्रचण्डको भनाइ थियो ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार