काठमाडौँ, चैत २८ :

 

मेष : आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् । वैदेशिक रोजगारीका लागि यात्रा अघि बढ्नेछ । 

वृष : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अधुरा काम पुरा हुनेछन् । 

मिथुन : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।

कर्कट : गरेका काममा धेरै समयपछि सफलता हात पर्नेछ । विश्वासपात्रसँग सबै कुरा नखोलेको राम्रो । 

सिंह : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले अवसर प्राप्त हुनेछ । 

कन्या : समुहमा गरेको व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला : आस मारिसकेको काम बन्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृश्चिक : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला । 

धनु : सामाजिक र कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ ।

मकर : परोपकारजन्य कार्यमा सहभागी भइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । 

कुम्भ : अभिभावकको सल्लाहमा नयाँ काम गर्ने जाँगर चल्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुपर्नेछ ।

मीन : अर्काको सल्लाह मान्दा झन्झटिलो काममा संलग्न हुनुपर्ला । रमणीय यात्राको योग छ ।