आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, प्रदूषण घट्ने आशा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा, प्रदूषण घट्ने आशा
काठमाडौँ, चैत २८ :

लामो समयपछि बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ, ललितपुर र भक्तपुरका धेरैजसो ठाउँमा वर्षा भइरहेको छ । 

काठमाडौँमा वर्षा भएसँगै केही दिनयता उच्च रहेको प्रदूषणको स्तर घट्दै जाने आशा गरिएको छ ।

लामो समयदेखि वर्षा नहुँदा उपत्यकासहित देशभर वायु प्रदूषणको स्तर बढेको थियो । 

आज अपराह्न र राति पनि सामान्य रुपमा वर्षा हुने मौसमविद् डेभिड ढकालले जानकारी दिए ।

वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उनले बताए । 

देशका अन्य जिल्लाहरूमा पनि मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार