मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

तोलामा एकै दिन पाँच हजार ७ सयले बढ्यो सुन, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
तोलामा एकै दिन पाँच हजार ७ सयले बढ्यो सुन, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, चैत २८ :

नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच हजार ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० पुगेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार