
काठमाडौँ, भदौ १३ :
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुको काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
यसअघि वाणिज्य बैङ्कहरुले आर्थिक वर्ष २०८०- ८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैङ्कले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो ।
यस्तै, २०८४ साल असार मसान्तसम्ममा बैङ्कहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ ।
जसमा यसअघि एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी दुई करोड पुर्याइएको छ।