शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

तीनवटै लेन कब्जा गरेपछि शिक्षक र प्रहरीबीच ठेलाठेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
तीनवटै लेन कब्जा गरेपछि शिक्षक र प्रहरीबीच ठेलाठेल
काठमाडौं, चैत २८ :

आन्दोलनरत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्मको सडकको तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच ठेलाठेल भएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले मुख्य लेन कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।

प्रदर्शन गरेका कारण मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् भने दुवै तर्फका सहायक लेनबाट गाडीहरू गुडिरहेका छन् । त्यसलाई पनि छेक्न खोजेपछि प्रहरीसँग विवाद भएको हो ।  

यातायात आवागमनलाई बाधा पुग्ने गरी सडक कब्जा गर्न खोजेपछि प्रहरीले अवरोध हटाउन खोजेको थियो । सिमसिमे पानी परिरहँदा पनि शिक्षकहरूले सडकलाई छाडेका छैनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार