सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार

दुर्गा प्रसाईं झापा प्रहरीको नियन्त्रणमा, आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ ल्याउने तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ चैत, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईं झापा प्रहरीको नियन्त्रणमा, आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ ल्याउने तयारी
काठमाडौँ, चैत २९ :

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । 

उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको प्रवक्ता दिनेश कुमार आचार्यले पुष्टि गरेका छन् । प्रसाईंले बिहीबार भारत प्रहरी समक्ष सुरक्षित साथ नेपालको सिमानासँम्म पुर्‍याइदिन अनुरोध गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रसाईंले तीनकुनेमा राजावादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार