
काठमाडौँ, चैत २९ :
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ ।
उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको प्रवक्ता दिनेश कुमार आचार्यले पुष्टि गरेका छन् । प्रसाईंले बिहीबार भारत प्रहरी समक्ष सुरक्षित साथ नेपालको सिमानासँम्म पुर्याइदिन अनुरोध गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रसाईंले तीनकुनेमा राजावादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ ।