काठमाडौँ, भदौ १३ :

नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचन परिणाम सार्वजनिक भएको छ। 

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र महासचिवमा घनश्याम भुसाल निर्विरोध निर्वाचित हुनु भएको छ। 

अन्य पदाधिकारी चयनका लागि हिजो (मङ्गलबार) मतदान भएको थियो। 

३४४ जना केन्द्रीय सदस्य मध्ये ३२२ जनाले मतदानमा भाग लिएको पार्टी निर्वाचन आयोगले जनाएको छ। महिला उपाध्यक्षमा जयन्ती देवी राई, मधेश समुदाय उपाध्यक्ष धर्मनाथप्रसाद साह, उपाध्यक्ष (खुल्ला) डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ। 

त्यस्तै उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणी चौधरी र रामकुमार भट्टराई विजयी हुनु भएको छ। पार्टीको ५ सचिवका लागि भएको निर्वाचनमा २६ जनाको उम्मेदवारी परेको थियो। 

जसमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, सावित्रीकुमारी भुसाल १०६, श्रीनाथ बराल १०७ र चन्द्रबहादुर शाहीले ९१  मत पाएर विजयी हुनु भएको छ। 

पोलिटब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ।