काठमाडौँ, भदौ १३ :

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरेको छ ।  

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीलाई कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । 

उद्यमीले कर्जाका लागि सुचना जारि भएको २१ दिनसम्म प्रस्ताव पेस गर्न सक्नेछन् । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ ।

उद्यमीले परियोजना प्रस्ताव https://iedi.org.np/ मार्फत भर्न सक्नेछन् । 

उपत्यका बाहिरका उद्यमीलाई आवेदन दिन सहज होस् भनेर अनलाइन मार्फत आवेदन दिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष उद्यमीले भौतिक रूपमा उपस्थित भएर आवेदन दिने व्यवस्था गरिएको थियो ।  

सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरेको हो ।