काठमाडौँ, चैत ३० :

 

मेष : पहिलेको सफलताले हौसला जगाउनेछ । प्रयत्न गर्दा नयाँ अवसर प्राप्त हुनेछन् ।

वृष : व्यवसायबाट मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । 

मिथुन : रोगबाट पनि उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्षमा फैसला हुनेछ ।

कर्कट : सफलताले शत्रु परास्त हुनेछन् । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

सिंह : मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । रोकिएका काम सम्पन्न गर्ने समय छ ।

कन्या : मान्यजनको सुझाव मान्दा लाभ हुनेछ । जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ ।

तुला : आकर्षक उपहार समेत प्राप्त हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ ।

वृश्चिक : गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । 

धनु : साथीभाइको सहयोगले नयाँ काम थालनी गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । 

मकर : फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउने छ ।

कुम्भ : सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । धेरैले कामको तारिफ गर्दा मन आनन्द हुनेछ ।

मीन : कामको चापबाट फुर्सद पाइनेछ । परिवारजनको साथले नयाँ अवसर प्राप्त होला ।