
चैत ३० :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।
क्रेमलिनले बैठक चार घण्टाभन्दा बढी समय चलेको र युक्रेनी सम्झौताका पक्षहरूमा छलफल केन्द्रित रहेको बताएको छ।
रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा रुस-युक्रेन युद्धको बारेमा पोस्ट गर्दै भनेका छन्, रूसले कदम चाल्नु आवश्यक छ । धेरै मानिसहरू, हरेक हप्ता हजारौं, एउटा भयानक र अर्थहीन युद्धमा मरिरहेका छन् - एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो, र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन !!
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभले यस वर्ष पुटिनसँग भिट्कोभको तेस्रो वार्तालाई सकारात्मक भनेका छन् ।
