शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
समाचार राजनीति

योगी आदित्यनाथबारेको आफ्नो अभिव्यक्तिको देउवाले गरे खण्डन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
योगी आदित्यनाथबारेको आफ्नो अभिव्यक्तिको देउवाले गरे खण्डन
काठमाडाैं, चैत ३० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्बन्धी आफ्नो अघिल्लो अभिव्यक्तिलाई खण्डन गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले आफूले केही दिनअघि दिएको भनाइ गलत सूचनाको आधारमा भएको स्वीकार गर्दै त्यसको स्पष्टीकरण दिएका हुन्।

अघिल्लो कार्यक्रममा देउवाले मुख्यमन्त्री आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा गई ‘नेपालमा राजतन्त्रको पक्षमा छैन’ भन्ने अभिव्यक्ति दिएको दाबी गरेका थिए।

तर, पछिल्लो कार्यक्रममा उनले उक्त दाबी सत्य नभएको बताए। ‘मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोलेछु,’ देउवाले भने, ‘उहाँ दूतावासमा आउनुभएको होइन, बरु भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उहाँलाई भेट्नुभएको हो।’

देउवाले आदित्यनाथले ‘नेपालमा राजाको पक्षमा छैन’ भनेको भन्ने हल्लालाई समेत खारेज गरे। "हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो," उनले स्पष्ट पारे, ‘मेरो फोटो छापे पनि त्यो होइन। यो पनि म खण्डन गर्न चाहन्छु।’

त्यसैगरी, देउवाले हालको सरकारको कामकारबाहीप्रति पनि चिन्ता व्यक्त गरे। अघिल्लो वक्ता डा. शेखर कोइरालाले सरकारप्रतिको आलोचना उल्लेख गरेपछि देउवाले भने, ‘सरकारको नाममा अहिले धेरै ठूलो बदनामी भइरहेको छ, यो हुन नदिऊँ भन्ने चाहन्छु।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार