मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार मधेस प्रदेश

वीरगन्जमा दुई समुदायबीच झडप, स्थितिलाई नियन्त्रणमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
वीरगन्जमा दुई समुदायबीच झडप, स्थितिलाई नियन्त्रणमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
वीरगन्ज, चैत ३० :

वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवादले झडपको रुप लिएको छ । दुई समुदायबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।

वीरगञ्जको छप्कैया चोकमा शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो। घटनापछि सुरक्षाको दृष्टिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार झडपको क्रममा केही पसल र मोटरसाइकलमा आगजनी गरिएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

झडपको कारण खुल्न नसके पनि शोभायात्राका क्रममा आपसी भनाभनपछि स्थिति बिग्रिएको बताइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार