
मेष : प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । मुद्दा मामलामा विजयी हुने सम्भावना छ ।
वृष : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ ।
मिथुन : आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ ।
कर्कट : भौतिक साधन जुट्नेछन् । स्वदेशमै दिगो रोजगारीको अवसर प्राप्त हुन सक्छ ।
सिंह : आफ्नैले पनि साथ नदिन सक्छन् । प्रयत्न गर्दा रोकिएका काम पुरा गर्न सकिनेछ ।
कन्या : सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने समय छ ।
तुला : व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
वृश्चिक : महत्त्वाकाङ्क्षी योजना बिस्तारै पुरा हुनेछन् । मिहिनेतले नाम र दाम मिल्ने छ ।
धनु : सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ ।
मकर : विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले मनमा उत्साह बढाउनेछ ।
कुम्भ : प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन : नयाँ जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ ।