बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

चारदेशीय टी- २० सिरिज : उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
चारदेशीय टी- २० सिरिज : उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दै
काठमाडौँ, चैत ३१ :

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै छ ।

यो फाइनल खेल हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो ।

लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गर्यो भने शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको हो ।

लिग चरणमा कुवेतले हङकङलाई ४ विकेटले र कतारलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार