मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार मधेस प्रदेश

वीरगन्जमा कर्फ्यु उल्लंघन गर्ने ३६ जना पक्राउ, दुवै पक्षसँगको वार्ता जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
वीरगन्जमा कर्फ्यु उल्लंघन गर्ने ३६ जना पक्राउ, दुवै पक्षसँगको वार्ता जारी
पर्सा, चैत ३१ :

वीरगन्जमा हनुमान जयन्तीको विषयलाई लिएर शनिबार भएको झडपपछि कर्फ्यु उल्लङ्घन गर्ने ३६ जना पक्राउ परेका छन् ।

हुल-हुज्जत गरी कर्फ्यु उल्लङ्घन गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

झडपका क्रममा पाँचवटा मोटरसाइकलमा क्षति पुग्नका साथै दुई बिरयानी हाउसमा तोडफोड भएको छ । प्रशासनले आज (आइतबार) मध्याह्न १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

झडपमा संलग्न हिन्दु र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ता गर्ने क्रम जारी रहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार