काभ्रेपलाञ्चोक, चैत ३१ :

मण्डनदेउपुर नगरपालिका- २ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मिस्टिक माउण्टेन होटलमा बालुवा अनलोड गर्न पछाडि ब्याक गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अनुसार बालुवा अनलोड गर्दा टिपर डिलबाट तल खस्दा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो ।