शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

आगामी चुनावमा कुनै एउटा दलको बहुमत आउन गाह्रो छ : देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
आगामी चुनावमा कुनै एउटा दलको बहुमत आउन गाह्रो छ : देउवा
काठमाडौं, चैत ३१ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आमनिर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्के अनुमान गरेका छन्।

नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा आइतबार  सभापति देउवाले अहिलेकै अवस्थामा आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको हुँदा सबै दललाई मिलाएर अघि बढ्नुपर्ने बताए ।

सभापति देउवाले नेपालको संविधान अत्यन्तै राम्रो र सबैलाई मिलाउन सक्ने खालको भएको समेत बताए । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको उल्लेख गर्दै  मुस्लिम समुदायबाट धेरै नेताहरूको प्रतिनिधित्व कांग्रेसमा रहनु खुसीको कुरा भएको बताए ।

उनले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत आउने गरी नभए सबैभन्दा ठुलो दल बनाउन आफ्ना भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न समेत निर्देशन दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार